कांग्रेस नेता रेग्मीको निधन

कांग्रेस नेता रेग्मीको निधन

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।

कांग्रेस नेता प्रजातन्त्र सेनानी एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज निधन भएको छ ।

लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं. २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको निधनले अपूरणीय क्षति पुगेको काँग्रेस स्याङ्जाका सभापति बुद्धिबहादुर रानाले बताए।

वि.सं. २०२८ मा तत्कालीन पञ्चायती शासनका विरुद्धमा रगतले हस्ताक्षर गरी आन्दोलनमा लाग्ने टोलीमध्येका एक उनी पनि थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले आठ वर्ष प्रवास र आठ वर्ष कारागारमा जीवन बिताएका नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव दामोदर लम्सालले बताए । रेग्मी केही महीना अघि भएको राष्ट्रियसभाको निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार भई पराजित भएका थिए ।

रेग्मीका श्रीमती र दुई छोरी छन् । सोमबार रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिपछि रामनदीधाम राम्दीमा दाहसंस्कार गरिने काँग्रेस स्याङ्जाका सभापति रानाले बताए ।रासस

Skip This
Skip This
Logo