काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना प्रभावित परिवारलाई संक्रमण भए नभएको परीक्षण गर्न सरकार साइत हेर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारलाई त्यस्तो प्रश्न गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्–‘संक्रमण समुदायमा फैलने साइतको प्रतीक्षा हामी पक्कै गरिरहेका छैनौँ ? उसो भए भेटिएका संक्रमितका परिवारजनको कोरोना परीक्षण गर्न हामी कुन साइतको प्रतीक्षा गरिरहेका छौं ? ।’

अहिलेसम्म नेपालमा पाँच जनामा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये एक जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । बाँकी चार जनाको उपचार भइरहेको छ ।





























प्रतिक्रिया