जहाज दुर्घटनाः सबै यात्रु सकुशल

जहाज दुर्घटनाः सबै यात्रु सकुशल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबैजनालाई सकुशल उद्धार गरिएको छ ।

काठमाडौँबाट कोरोना भाइरसका लागि चिकित्सक र औषधिजन्य सामग्री लिएर गएको नेपाल वायुसेवा निगमको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गदेखि ६० मिटर टाढा दक्षिणतिर चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज उड्डयन प्राधिकरणका प्रमुख प्रेमनारायण ठाकुरले जानकारी दिए ।

नेपाल वायुसेवा निगमको जहाज दुर्घटना भए लगत्तै उद्धार टोली खटिएको र जहाजमा रहेका चालक दललगायत चिकित्सकसहित पाँचजनालाई तत्काल सकुशल उद्धार गरिएको साथै औषधिको सामान पनि निकालिसकेको प्रमुख ठाकुरले बताए ।

बाँके र धनगढीका क्वारेन्टाइनमा राखिएका बिरामीबाट सङ्कलन गरिएको नमूना लिनका लागि आएको जहाज धावनमार्गमा चिप्लिएपछि नेपाल एयर लाइन्सकै अर्को जहाज इन्जिनियरसहितको टोली नेपालगञ्ज आउँदै गरेको र दुर्घटनाको कारण पछि खुल्ने उनले बताए ।रासस

Skip This
Skip This
Logo