अख्तियारका पदाधिकारीले १५ दिन बराबरको तलब जम्मा गर्ने

अख्तियारका पदाधिकारीले १५ दिन बराबरको तलब जम्मा गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिन बराबरको तलब जम्मा गर्ने भएका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज जारी गरेको विज्ञप्ति अनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा गणेशराज जोशी र आयुक्त डा सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।

उनीहरुले शुरु तलब स्केलको १५ दिनको तलब सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णय बमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए।रासस

Logo