काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनकाबीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । आजका प्रमुख समाचार मध्ये दक्षिणकाली नगरपालिका वडा ७ का भिमसेन बास्तोलाले ‘सोसल डिस्टेन्सिङ’ को उपाय अवलम्वन गरेका छन् । बास्तोलाले आफ्नो पसल अगाडि एक एक मिटरको दूरीमा गोलो घेरा बनाएर ग्राहकहरु मध्ये एकले अर्कोलाई छुन नसक्ने बनाएका छन् ।
यस्तै नेपालमा ४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमणको आशंकामा देशका विभिन्न अस्पतालहरुमा ६३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै कोरोना भाइरसको आशंकामा देशका विभिन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
बिहिबार पश्चिम नेपालमा उल्कापीण्ड खसेको छ ।
यता कोरोनाका कारण मुलुक लकडाउन भएसँगै काठमाडौंमा फोहोर उठ्न छोडेको छ । यसले कोरोनासँगै नागरिक फोहोरबाट पनि थप अरु सङ्क्रमण हुने हो कि भन्ने चिन्ता जगाएको छ ।
यस्तै दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ । थप समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया