काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएका छन् । उनी बिहिबार राति मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।
उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेकाले शुक्रबार डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रेस नोट जारी गर्दै उल्लेख गरेका थिए ।





























प्रतिक्रिया