एजेन्सी ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबार उनीमा नोवेल कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । जोन्सनले ट्वीटरमा लेखेका छन्–‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछु ।’

उनले अहिले आफूमा सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।





























प्रतिक्रिया