कोरोना सर्तकतामा रुसबाट सिक्नु पर्ने कुरा

कोरोना सर्तकतामा रुसबाट सिक्नु पर्ने कुरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्वमा नै संकट खडा गरेको छ । हरेक देश यस भाइरससँग जुधिरहेका छ । चीन, अमेरिका र इटाली पनि प्रभावित भएका छन् । कुनै राष्ट्रहरु यस्ता छन् जो साधन सम्पन्न छन् तर, पनि संक्रमण रोक्न सकिरहेका छैनन् । रुस जस्तो देश जसले समय हुदै सावधानी अपनाएर महामारीलाई केही हदसम्म नियन्त्रणमा राखेको छ । यस सफलताको पछाडी राष्ट्रपति भ्लादिमीर पुटिनको पूर्वानुमान र रणनीति हो । साथै देशका जनताको भरपुर सहयोग पनि हो ।

रुस र लग्जमबर्ग
एउटा सानो तुलना, रुसमा करिब १५ करोड आदीवासी छन् । त्यहाँ मंगलबार रातिसम्म संक्रमण संख्या कुल ४ सय ९५ बाहिर आएको छ । एक बिरामीको भने मृत्यु भएको छ । लग्जमबर्गको कुल जनसंख्या ६ लाख २८ हजार छ । त्यहाँ यसै क्रममा ११ सय जनामा संक्रमण दर्ता भएका थिए । जसमा ८ जना व्यक्तिको मृत्यु भएको छ । यी दुवै देशको जलवायु लगभग एउटै छ । सवाल यो छ कि रुसले संक्रमणलाई नियन्त्रणमा राख्न सक्यो तर लग्जमबर्ग र इटाली जस्तो देशमा महामारीले विलाप भैरहेको छ ।

तयारी
सिएनएनको एक रिर्पोटका अनुसार पुटिन र उनका आधिकारीकहरुले संक्रमणको सामना गर्न जुन रणनीति बनाए त्यो प्रभावकारी सावित भयो । रुसको २६ सय माइल लामो सिमा चीनबाट अलग छ । कोरोना भाइरस चीनको वुहान शहरबाट सुरु भएको थियो । रुस सरकारले यस बारे जानकारी पाउनसाथ सावधानीको कदम उठाउन सुरु गरिहाल्यो । चीन बोर्डरको सक्दो सील ग¥यो । यी दुई देशको सम्बन्ध धेरै राम्रो छ तर, रुसले चीनको आक्रोसको वास्ता गरेन ।

टेस्ट
डाक्टर मेल्तिया वुजोविक रुसमा डब्लूएचओका प्रतिनिधि हुन् । उनका अनुसार ‘सच्चाई यो छ कि रुसले जनवरीमै खतराको अध्ययन गरिसकेको थियो । साथै समस्याको तयारी समेत गरिसकेको थियो । रुसले ३ कामहरु गरेका थियो । पहिलो हरेक शंकास्पदको टेस्ट र परिचय, दोस्रो आइसोलेसन, र तेस्रो चरणमा क्वालिटी कन्ट्रोल मेन्टेन । सोसल दुरी धेरै जरुरी थियो । यसलाई सक्दो लागू गरियो’ ।

अमेरिकाको कमजोरी
रुसको सरकारी आंकडा अनुसार २१ मार्च सम्म १ लाख ५६ हजार शंकास्पदको टेस्ट गरिसकेको छ । यसमा केहीको दुई तिन पटकसम्म पनि टेस्ट भएको छ । उही अमेरिकाले मार्चको शुरुवातमा मात्र तिब्रता देखायो । रुसका प्रत्येक एयरपोर्टहरुमा फेब्रुअरीको शुरुवातमै चीन, इरान, दक्षिण कोरिया र यूरोपबाट आउने यात्रुहरुको परिक्षण गरिएका थिए । जो शंकास्पद भेटिए उसलाई तुरुन्तै क्वारेन्टाइनमा राखियो ।

रुसमा अझै एक शंका
एक रिपोर्टका अनुसार रुसले दाबी गरिरहेको छ कि उसले त्यहाँको हालत आफ्नो नियन्त्रणमा रहेको । तर, यसमा थोरै शंका पनि रहेको छ । चेरनोबिल परमाणु दुर्घटना (१९८६) र (१९८०) को दशकमा एचआईभी संक्रमण मामिलामा रुसले सही आंकडा बताएको थिएन । फेब्रुअरीमा सोसियल मिडियामा एक पोस्ट भाइरल भएको थियो । जसमा दाबी गरिएको छ कि रुसमा २० हजार कोरोना संक्रमित छन् । तर, यस बारे यकिन गर्न भने मुस्किल छ । पुटिन सरकारले जागरुकता प्रसारका लागि सोसियल मिडियालाई उत्सुकतापूर्वक उपयोग गरेका छन् । यसको फाइदा पनि भएको छ ।

Logo