काठमाडौं ।
बिमा समितिले बिमा कम्पनीहरुलाई न्युनतम सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । समितिले आज एक विज्ञप्ती जारी गर्दै न्युनतम सेवा उपलब्ध गराउनुको साथै त्यसको सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जानकारी गराउन बिमा कम्पनीलाई निर्देशन दिएको हो ।
समितिले जीवन बिमा कम्पनीहरुलाई बिमा शुल्क संकलन चैत मासन्तसम्म स्थगन गर्न पनि निर्देशन दिएको छ ।
कोरोना संक्रमणको अवधि तत्काल यकिन गर्ने सम्भावना नरहेको भन्दै कोरोनाले प्रभावित जीवन बिमासम्बन्धी बिमा शुल्क संकलन चैत मसानतसम्म स्थगन गर्न पनि निर्देशन दिएको छ । साथै परिस्थिति सामान्य भएपछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यसैगरि जीवन बिमा कम्पनीहरुले अवधि समाप्तपछिको बिमा रकम विद्युतीय माध्यमबाट बिमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पनि समितीले निर्देशन दिएको छ । बिमा दाबीको हकमा विद्युतीय माध्यमबाट प्रमाण संकलन गर्ने अवस्था सामान्य भएको बेला यथाशीघ्र दाबी भुक्तानी गर्न समितिले निर्देशन दिएको छ ।
साथै निर्जीवन बिमा कम्पनीहरुले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमको प्रयोग गरी बिमितको यथेष्ट प्रमाण संकलन गर्न र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयरहरु खटाएर क्षति यकिन गरी दाबी भुक्तानी गर्न समितिले निर्देशन दिएको छ ।
यस्तै समितिले बिमा अवधि समाप्त भएको बिमालेखलाई सम्बन्धित बिमितको विद्युतीय माध्यमबाट प्राप्त लिखित अनुरोधको आधारमा बिमालेख नविकरण गर्ने व्यवस्था मिलाउने समितिले बिमा कम्पनीलाई निर्देशन दिएको छ ।





























प्रतिक्रिया