इन्डक्सन चुल्हो बाल्दा विद्युत महसुलमा २० प्रतिशत छुट दिने सरकारको तयारी

इन्डक्सन चुल्हो बाल्दा विद्युत महसुलमा २० प्रतिशत छुट दिने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सट्टा विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ सय ५० युनिट विद्युत प्रयोग गर्ने परिवारलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

विद्युत खपत घट्दै गएकाले खपत बढाउन उर्जा मन्त्रालयले विद्युतको प्रयोग इन्डक्सन चुल्होमा गर्न आव्हान गरेको छ ।अहिले पाँच जनाको परिवारले विद्युतको घरायसी प्रयोगमा ८० देखि १ सय युनिट विद्युत प्रयोग गर्दै आएको र अबदेखि १५० युनिटसम्म प्रयोग गर्दा २० प्रतिशत महसुल छुट गर्ने प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणलाई इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्।

इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने तथा विद्युतको आन्तरिक खपत बढाउन मन्त्रालयले यस्तो निर्णय गरेको मन्त्री पुनले बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ।

Logo