आगामी सोमबारसम्म शेयर बजार नखुल्ने

आगामी सोमबारसम्म शेयर बजार नखुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

शेयर बजार आगामी सोमबारसम्म नखुल्ने भएको छ । गत सोमबारदेखि बन्द रहेको शेयर बजार आगामी सोमबारसम्म नखुल्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सरकारले धितोपत्र बजारलाई निरन्तरता दिन निर्देशन दिएपनि लकडाउनको अवस्थामा कारोबार नहुने भन्दै नखोल्ने बोर्डले जनाएको थियो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘आगामी सोमबारसम्म खुल्दैन ।’ लकडाउनको अवस्थामा बन्द गर्नै उचित हुने भएकाले बन्द गरिएको ढुंगानाले बताए ।

अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले शेयर कारोबार खुलाउने निर्णय गरेको थियो ।

बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट सजग रहन र सतर्कता अपनाइ बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिन निर्देशन दिएको थियो ।

Skip This
Skip This
Logo