अब आधा सिलिण्डर ग्याँस मात्रै, मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा

अब आधा सिलिण्डर ग्याँस मात्रै, मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।  कोरोना भाइरसको संक्रमण देखिएसगै बजारमा ग्यासको अभाव भएपछि सरकारले आधा सिलिन्डर ग्यास भरेर बेच्च निर्देशन दिएको छ ।

ग्याँसको आयात निरन्तर भएपनि उपभोक्ताले बढी मात्रामा स्टोर गर्न थालेपछि ग्याँसको अभाव भएको छ । अभाव टार्न सरकारले व्यवसायीहरुलाई आधा सिलिन्डर ग्याँस भरेर बेच्न निर्देशन दिएको हो । बजारमा ग्यासको अभाव हुन नदिन आधा सिलिनडर ग्यास भरेर बेच्न बोटलिङ प्लान्टलाई व्यवसायीहरुलाई निर्देशन दिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमको यस्तो निर्देशनपछि ग्यास उद्योगले विहिबारदेखि ७.१ किलो ग्यास भरेर बेच्ने तयारी गरेका छन् । मुलुक मङगलबारदेखि लकडाउनको अवस्थामा छ । लकडाउनको समयसीमा बढ्यो भने ग्याँसको अभाव हुन नदिन यस्तो निर्णय गरेको निगमका निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

उनका अनुसार भारतबाट बढी ग्यास ल्याएर अभाव हटाउने प्रयास गरेको तर बजारमा अझै ग्यासको अभाव कायमै छ । ‘हामीले आधा ग्यास भरेर बिक्री गर्ने योजना बनाएका हौं ।’ उनले भने । निगमका अनुसार उपभोक्ताले आधा सिलिन्डर ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो।

नाकाबन्दीको समयमा जस्तै असहज अवस्था नआओस भनेर यस्तो व्यवस्था गरिएको कार्यकारी निर्देशक पाण्डेले बताए । बजारमा ग्याँस अभाव हुन थाल्यो भन्ने हल्ला सुरु भएयता उपभोक्ताले ९/१० वटा सम्म सिलिन्डिर भरेर राख्ने गरेका छन् । यसरी उपभोक्ताले यतिका ग्याँस भरेर राख्ने गरेकाले बजारमा ग्याँसको अभाव भएको ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

निगमका अनुसार मंगलबार र बुधबार गरी ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । यति कम समयमा आएको यो सबैभन्दा बढी ग्याँस हो ।

Skip This
Skip This
Logo