कोरोनाका कारण विदेशमा थप ३ नेपालीको मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ र मलेसिया १ नेपालीको निधन भएको हो ।
याेसँगै विभिन्न मुलुकमा कोरोनाका कारण मृत्यु हुने नेपालीकाे संख्या ३१७ जना पुगेको छ । साथै शनिवार साँझसम्मकाे रेकर्डअनुसार विभिन्न ५० देशमा ५३ हजार ८४६ नेपाली संक्रमित भएका छन् । संक्रमितमध्ये ५१ हजार ११६ जना कोरोना मुक्त भएका छन् ।
यसैबीच एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९ को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।































प्रतिक्रिया