श्रीमानले धोका दिएको भन्दै सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीकी सीता थान्दार विश्वासले सलमा झुन्डिएर आत्महत्या गरेकी छन् ।
गत चैत ६ गते विहिबार दिउँसो आफ्नै घरमा आत्महत्या गरेकी उनले सुसाईड नोटमा श्रीमान दिवस बिश्वासले गढी गाउँकी भद्रीसँग नाजायज सम्बन्ध राखेको कारणले आत्महत्या गर्नु परेको उल्लेख गरेकी छन् ।
‘म आत्महत्या गनुृको कारण मेरो श्रीमान नाजायज सम्बन्ध राख्ने गाउँकै आइमाइ भद्री हो, भद्री मेरा हत्याको कारण हो, कानूनले मलाई न्याय दिन्छ भने बिश्वास छ, गाउँ समाज निर्दोस छ ,अभागी सिता ।’ उनले लेखेकी छन् ।
मृतकका बुबा धर्मनारायण विश्वासले ईलाका प्रहरी कार्यलय दुहबीले आत्महत्या दुरुत्साहन मुद्दा नचलाइ अभद्र मुद्दा चलाएको र उजुरी समेत लिन नमानेको भन्दै दुखेसो पोखेका छन्
उनीहरूबीच २०६७ फागुन २९ गते विवाह भएको थियो । मृतक सीताको माईती घर सुनसरीको दुहबी २ स्थित पचिरा हो । विगत ६ महिना देखि नै उनीहरूबीच सम्बन्ध विग्रदै गएको र दिवस बिश्वासले कुटपिट गरेको उजुरीमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय दुहबीले पोष्टमार्टमको रिर्पोट नआएसम्मकोलागि अभद्र मुद्दा चलाएर म्याद थप गरिएको बताए ।































प्रतिक्रिया