भोलि बिहानदेखि घरबाट निस्कन नपाइने

भोलि बिहानदेखि घरबाट निस्कन नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले चैत्र ११ गते बिहान ६ बजेदेखि देशैभर लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वकाे कोभिड –१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  साेमबार बसेकाे बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गरिने भएको  हो ।समितिको आज साँझ बसेको बैठकले देशव्यापी लक डाउन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार हवाइ, यातायात लगायत सबै क्षेत्र बन्द गर्नु पर्नेछ । स्वास्थ्य क्षेत्र र सुरक्षा निकाय भने खुला रहने बताइएको छ ।

नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एकजना चिनियाँ नागरिक हुन् भने एक नेपाली हुन् ।

संक्रमण विश्वव्यापी भएपछि नेपाल सरकारले पनि उच्च स्तरका सर्तकता अपनाउँदै आएको छ । जस अनुसार नै देशभर लकडाउन गरिने निर्णय गरिएको हो ।

Skip This
Skip This
Logo