काभ्रे ।
कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन काभ्रेका तीन स्थानमा लकडाउन गरिने भएको छ ।
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बनेपा, धुलिखेल नगरपालिका र महाभारत गाउँपालिका लकडाउन हुने भएको हो ।
बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले सोमबार राती १२ बजेबाट लागू हुने गरी लकडाउन गर्न लागेको जनाएका छन् ।
यस्तै नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका र मण्डनदेउपूर नगरपालिकाले पनि यस सम्बन्धि सचेतना जगाउँदै सबै नागरिकलाई सर्तक रहन तर नडराउन अनुरोध गरेका छन् । सम्बन्धित स्थानिय तहले आआफ्नो माताहतका निकाय मार्फत यस्तो सर्कुलर जारी गरेको बताइएको छ ।





























प्रतिक्रिया