काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले बनाएको तथा आपतकालिन कोषमा कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
कोरोनाको जोखिमबाट बच्न सबैलाई होम क्यारेन्टाइनमा बस्न बैंकले आग्रह गरेको छ । सरकारले आइतबार कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न ५० करोड रुपैयाँ बराबरको आपतकालिन कोष बनाइसकेको छ ।
सो कोषमा व्यवसायी वसन्त चौधरीले १ करोड रुपैयाँ दिने घोषणा गरेका छन् भने नेपाल बैंकले १ करोड रुपैयाँ सो कोषलाई उपलब्ध गराइसकेको छ ।





























प्रतिक्रिया