कोरोनाको असर : फुर्सदिला बने प्रचण्ड

कोरोनाको असर : फुर्सदिला बने प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुर्सदिला बनेका छन् । विश्वव्यापी रुपमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिइरहेको अवस्थामा अध्यक्ष प्रचण्डले भेटघाट तत्कालका लागि बन्द गरी फुर्सदिला भएका हुन् ।

जीवन आचार्यले आफ्नो फेसबुक पोष्टमा अध्यक्ष प्रचण्डले साइकल चलाइ रहेको फोटो र भिडियो पोष्ट गर्दै लेखेका छन् –‘सेल्फ क्वारेन्टाईनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ । शारिरीक व्यायामले ईम्युनिटी पावर बढाई कोरोना विरुद्ध लड्न मद्दत पुर्याउदछ ।’

त्यस्तै प्रचण्डकी कान्छी छोरी गंगा दाहालले पनि केही समय पहिले कोरोना भाइरसबाट बच्न अत्यावश्यक भेटघाट बाहेक सम्पुर्ण काम हाललाई प्रचण्डले स्थगित गरेकोे उल्लेख गरेकी छिन् । उनले फेसबुकमा लेखेकी थिइन्–‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ।’

 सतर्कता अभिवृद्धि गर्न  प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काेराेना सतर्कता अभिवृद्धि गर्न आग्रह गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा कोरोना सतर्कता अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमा लेखेका छन्–‘कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध छ ।’

यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागि पर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

Logo