सुनको मूल्य एकहजारले वढ्यो, कति पुग्यो आज ?

सुनको मूल्य एकहजारले वढ्यो, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला १ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७६ हजार ५ सयमा सुनको कारोबार भइरहेको छ । शुक्रबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

गत आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार सुन एक हजारले बढ्दै ७६ हजार ५ सयमा कारोबार भइरहेको मा विहिबार भने १५ सयले घट्दै ७५ हजारमा कारोबार भएको थियो । गत हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।

चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढ्दै प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो हप्ताको मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Logo