सेन्ट जेभियर्स स्कुलको प्रवेश परीक्षाको नतिजा स्थगित

सेन्ट जेभियर्स स्कुलको प्रवेश परीक्षाको नतिजा स्थगित

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।
अहिले विश्वभर फैलिएको कोरोना भाइरसको त्राससँगै सेन्ट जेभियर्स स्कूल जावलखेलले पनि आफ्ना शैक्षिक कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ ।

यसैक्रममा स्कुलले एक विज्ञप्ती जारी गर्दै शैक्षिक सत्र ०७७/ ७८ का लागि चैत ५ गते लिइएको कक्षा १ को प्रवेश परीक्षाको नतिजा प्रकाशन र भर्ना प्रक्रिया अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको जनाएको छ ।

यसबाट अभिभावक र विद्यार्थीमा पर्न गएको असुविधाको लागि स्कुलले क्षमायाचना समेत गरेको छ ।

Logo