मास्क र सेनिटाईजर बाँड्यो पुर्वअरनिको यातायातले

मास्क र सेनिटाईजर बाँड्यो पुर्वअरनिको यातायातले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अरनिको यातायात प्रा. लि. , अखिल नेपाल यातायात मजदुर संघ  र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कोरोना भाईरस संक्रमणमा सर्तकता अपनाउन शनिबार राजधानीमा मास्क तथा सेनिटाईजरहरु वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड–१९ भाइरको जोखिम न्यूनिकरण गर्न पाँच हजार माक्स र सेनिटाईजर बाँडिएको हो ।

जोखिमपूर्ण अवस्थामा काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा रहेका लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधनहरु, ट्याक्सीका चालक, सहचालक तथा यात्रुसहरुलाई मास्क र सेनिटाईजर वितरण गरिएको अरनिको  यातायात प्रालिका अध्यक्ष चित्र कुँवरले जानकारी दिए । यातायात मजदुर व्यावसायी र सर्वसाधारण यात्रुहरुलाई सचेतना जगाउदै भाईरसबाट कसरी बच्ने तथा यात्रुहरुलाई कसरी जोगाउने भन्ने सम्बन्धमा कोरोना भाईरसबाट बचौँ र बचाउ अभियान सञ्चालन गरिएको कुँवरको भनाइ छ ।

यात्रुको सुरक्षित यात्राका लागि सबै व्यवस्था मिलाईएको नेपाल यातायात व्यवसायी महासंघका राष्ट्रिय  महासचिव सरोज सिटौलाले जानकारी दिए ।

Skip This
Skip This
Logo