लहान ।
प्रदेश २ को राजधानी सिरहाको लहानलाई बनाउनुपर्ने माग गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । प्रदेश २ को राजधानी सम्बन्धी प्रदेशसभामा दर्ता भएको प्रस्ताव असफल भएपछि सिरहाको लहानलाई प्रदेश २ को राजधानी बनाउनुपर्ने माग गर्न थालिएको छ ।
प्रदेश नं २ को राजधानी जनकपुरघाम र वीरगञ्जको प्रस्ताव अस्वीकृत भएपछि लहानवासीको तर्फबाट विजयकुमार गुप्ताले प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै राजधानी बनाउन माग गरेका हुन्। लहान मधेश आन्दोलनको मुख्य केन्द्र रहेको र प्रथम शहीद पनि लहानबाट सहादत भएको ठाउँ भएकाले यसलाई नै राजधानी तोक्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
राजमार्गमा आजदेखि टाइम कार्ड लागू
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा सडकखण्डमा आजदेखि सवारीसाधनमा टाइम कार्ड लगाइएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण ल्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले आजदेखि टाइम कार्ड लगाएको हो ।
लहान नगरपालिका–१ स्थित राजमार्गमा टाइम कार्डको उद्घाटन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले विभिन्न सवारीसाधनका चालक तथा सहचालकलाई फुलमाला टिका लगाइ चालक ड्रेस र सवारीमा राख्न डस्टबिन वितरण गरे । यस्तै सप्तरीमा पनि आजैदेखि सार्वजनिक सवारीसाधनमा टाइम कार्ड लगाइएको छ ।रासस





























प्रतिक्रिया