काठमाडौं ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ ।
बिहिबार फिफाले कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गरेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग पुर्याउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत बताएका छन् । कोरोनाको कारण फुटबल खेलाडी तथा प्रशिक्षक समेत संक्रमित भएका छन् ।





























प्रतिक्रिया