नयाँदिल्ली ।
भारतले निर्भया बलात्कारकाण्डका दोषी ४ जनालाई आज बिहान फाँसी दिएको छ । उनीहरुलाई भारतीय समय अनुसार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको हो ।
विनय शर्मा, पवन गुप्ता, मुकेश सिंह र अक्षय कुमारलाई झुण्ड्याएर फाँसी दिइएको हो ।
निर्भया बलात्कार र हत्याकाण्डका दोषी ४ जनालाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएपछि उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।
बिहीबार ४ दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा क्षमापत्र दायर गरे पनि दुवै अदालतले त्यसलाई खारेज गरिदिएका थिए ।
आज भन्दा ८ वर्ष पहिले सन् २०१२ डिसेम्बर १६ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि उनीहरुले रडले आक्रमण गर्दै बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो । बलात्कारमा संलग्न अन्य २ जना मध्ये एकले आत्महत्या गरिसकेका थिए भने अर्का एक त्यतिबेला नाबालक भएकाले ३ वर्षका लागि सुधारगृहमा राखिएको थियो ।





























प्रतिक्रिया