कोरोनाविरुद्ध सबै एकजुट हुन राजपाको अपिल

कोरोनाविरुद्ध सबै एकजुट हुन राजपाको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपालले विश्वभरी नै तीव्र संक्रमणको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित जोखिमबाट सचेत भई चिकित्सकीय सल्लाह अनुसार जीवनयापन गर्न सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बिहिबार विज्ञप्ति जारी गर्दै ढिलै भए पनि कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिद्वारा चैत ५ गते जारी भएका निर्णय सकारात्मक छन् भन्दै पार्टी समृद्ध सबै नेता कार्यकता र शुभेच्छुकलाई सतर्कतापूर्वक जोगिन र सुरक्षित तरिकाले सचेतना फैलाउने कार्यमा लाग्न आग्रह गरेका छन् ।

कोरोनाको नाममा  देशभर कृत्रिम अभाव सिर्जना गरी व्यापक कालोबाजरी भइरहेकाले तत्काल यस प्रकारको अमावनीय गतिविधिलाई रोकी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न राजपाले सरकारसमक्ष  माग गरेको छ । राजपाले कोरोनाले पूरै विश्वभरीको अर्थतन्त्रलाई प्रभाव पारेकाले अहिले कलकारखाना पर्यटन व्यवसायी, उद्योगलगायत सबै प्रकारको व्यवसाय बन्द हुने अवस्थामा रहेको भन्दै विशेष प्याकेजको घोषणा गरी ऋणिहरुको केही महिनाको ब्याज मिनाहा गराउनसमेत सरकारसँग आग्रह समेत गरेको छ ।

शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘यस संकटको घडीमा नागरिक समाज, पत्रकार, सामाजिक संघ संस्था, सरकारी निकाय, बुद्धिजीवी युवा विद्यार्थी राजनीतिक दललगायत सरोकारवाला सबै एकजुट भई माहामारीबाट बच्न हातेमालो गर्न अ‍ाग्रह समेत गर्दछौँ ।’

Skip This
Skip This
Logo