नेपाल प्रहरीले लिने सम्पूर्ण परीक्षा स्थगित

नेपाल प्रहरीले लिने सम्पूर्ण परीक्षा स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल प्रहरीले लिने सम्पूर्ण परीक्षाहरु तत्कालका लागि स्थगित गरिएको छ ।
बिहिबार विज्ञप्ति निकाल्दै अर्को सूचना जारी नहुँदासम्मका लागि सम्पूर्ण परीक्षा स्थगित गरिएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘नेपाल प्रहरीमा जनपद समूहतर्फको प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान तथा प्राविधिक प्रहरी जवान समूह अन्तर्गत विभिन्न उप–समूह तर्फको प्राविधिक प्रहरी जवान पदहरु विभिन्न कारणले रिक्त भई खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७६ भाद्र ५ गने र माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेद्वाहरुको निर्धारित छनौट परीक्षाका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगन गरिएको छ ।’

Logo