काठमाडौं ।
विश्वभर फैलिँदै गएको नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोक्न सरकारले जरीवानावापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
बिहिबार गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएका मालपोत, विद्युत र यातायात जस्ता क्षेत्रमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कोरोना संक्रमणको उच्च जोखिमलाई लक्षित गर्दै बुधबार २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन निर्देशन दिइसकेको छ । कोरोनाकै कारण एसइई, विश्वविद्यालय तथा लोकसेवा आयोगद्धारा लिइने सम्पूर्ण परीक्षा पनि तत्कालका लागि स्थगित गरिएको छ ।





























प्रतिक्रिया