काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा परीक्षा स्थगित गरिएको हो।
विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई चैत ६ गतेदेखि हुने पूर्वतालिका थियो । यसले करिव ५ लाख विद्यार्थीको परीक्षा रोकिएको छ ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस (कोभिड- १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौं बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, डान्सबार, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो ।





























प्रतिक्रिया