पेट्रोलियम पदार्थ र ग्यास लुकाउने दुई बिक्रेतालाई दुई लाख जरिवाना

पेट्रोलियम पदार्थ र ग्यास लुकाउने दुई बिक्रेतालाई दुई लाख जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको प्रभावले आम मानिसमा सन्त्रास फैलिएको अवस्थामा ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मङगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ललितपुरको टीकाभैरवमा रहेका सत्याल एण्ड किराना पसलमा अनुगमन गर्दा पसलले दैनिक उपभोग्य वस्तु तथा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको भेटिएको विभागले जनाएको छ ।

त्यस्तै, कृत्रिम अभाव सिर्जना गरेर इन्धन भण्डारण गरेर राखेको भेटिएकाले मैतीदेवी पेट्रोल पम्प र सत्याल किराना पसललाई मंगलबार २/ २ लाख रुपैयाँका दरले जरिवाना गरेकोे छ ।

बुधबार पनि विभागको अनुगमन टोलीले बजारमा रहेका १० भन्दा बढी फर्ममा अनुगमन गरि कारबाही गरिसकेको छ ।

Logo