काठमाडौं ।
चालु आर्थिक वर्षको माघसम्म रेमिट्यान्स आयातमा भारी गिरावट आएको छ ।
माघसम्म विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । यस अवधीसम्म मुलुकमा ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाले यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । यस अवधीमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यस अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।





























प्रतिक्रिया