एक अर्ब ३४ करोड राजस्व चुहावट गरेको अभियोगमा १६ जनाविरुद्ध मुद्वा दर्ता

एक अर्ब ३४ करोड राजस्व चुहावट गरेको अभियोगमा १६ जनाविरुद्ध मुद्वा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

झुट्टा तथा नक्कली भ्याट विल प्रयोग गरी एक अर्ब ३४ करोड राजस्व चुहावट गरेको कसुरमा राजश्व अनुसन्धान विभागले १६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले झुट्टा तथा नक्कली भ्याट विल प्रयोग गरि राजस्व चुहावट गरेको कसुरमा १६ जनाविरुद्ध एक अर्ब ३४ करोड ९५ लाख विगो असुल उपर गरि जरिवाना र कैद सजाय समेत मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

राजस्व छलिमा संलग्न बारा जिल्ला सिमरा पिपरा वडा नं. १ वस्ने न्यू सयपत्री ईन्टरप्राईजेजका प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका संचालक, प्रोप्राईटरहरु तथा मुख्य कारोवारी मनिष कुमार समेत १५ जनाबाट एक अर्व २२ करोड २० लाख १९ हजार ९९ रुपैयाँ विगो मागदावी लिई मुद्दा दायर गरेको हो ।

यस्तै राजस्व छलि गर्ने सर्लाही जिल्ला बलरा गाउँपालिका वडा नं २ बस्ने संकित जेनेरल सप्लायर्सका संचालक सुवोध शाहबाट १२ करोड ७५ लाख ५१ हजार ६१४ बिगो माग दावी लिई मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

Logo