काठमाडौं ।
संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन् ।
उनले राजनीतिक दलहरूबीच सहमति जुटेपछि मात्रै आफूले एमसीसीलाई संसदीय एजेण्डाको रूपमा ग्रहण गर्न सक्ने बताए। उनले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाइरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताए।
‘सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो। त्यो छलफल हुदैछ। सबैतिर छलफल हुँदैछ। सत्तारूढ पार्टीमा झन छलफल हुँदैछ। बहसमै छ। कारोनाका कारणले यतातिर बहस केन्द्रीत भएपनि त्यो बहसमै छ। बेला आएपछि मैले त सहजिकरण गर्ने कुरा न हो’, उनले भने।
उनले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यबाहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासँग सल्लाह गरेको स्पष्ट पारे।नागरिकबाट





























प्रतिक्रिया