रोकिएन काभ्रेमा टिपर आतंक, पनौतीमा आमा-छोरीको ज्यान लियो

रोकिएन काभ्रेमा टिपर आतंक, पनौतीमा आमा-छोरीको ज्यान लियो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

टिपर आतंकले काभ्रेवासीमा त्रास फैलाएको छ । जिल्लामा टिपरका कारण ज्यान गुमाउने नागरिकको संख्या दैनिक रुपमा बढीरहेको छ ।

पनौतीमा आज पनि टिपरले आमाछोरीको ज्यान लिएको छ । बनेपाबाट पनौती गइरहेको बा ५ ख ५४८० नंम्बरको टिपरले खानीखोला गाउँपालिकाका २७ वर्षिय जुनीमाया तामांग र उनकी छोरीलाई ठक्कर दिएर घाइते बनाएको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक रोशी गाउँपालिकाका नबराज थापालाई प्रहरीले पक्राउ गरेको छ । स्थानियवासीले पनौतीमा प्रर्दशन गर्दै सवारी आवागमन ठप्प पारेका छन् ।

पछिल्ला दिनहरुमा जिल्लामा टिपर आतंकले प्रहरीलाई सुरक्षामा चुनौती थपिदिएको छ भने नागरिकमा त्रास बढाएको छ । केहि महिना पहिले बनेपामा टिपर चालकहरुले दुर्घटना नगराउने भनेर प्रहरी सामू सपथ खाएपनि दुर्घटनामा भने कमी आउन सकेको छैन ।

Logo