राप्रपाका तीन अध्यक्षले गरे चार पदमा मनोनयन

राप्रपाका तीन अध्यक्षले गरे चार पदमा मनोनयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकता भएको छोटो समयमा नै राप्रपाले सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा सोमबार मनोनयन गरेका हुन् । राप्रपा सचिवालय प्रमुखमा भास्कर भद्रा र ध्रुबबहादुर प्रधान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ र गणेश चन्द मनोनित भएका छन् । प्रमुख भद्रा पूर्वमन्त्री हुन भने प्रधान पूर्व प्रहरी महानिरिक्षक हुन् ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गत फागुन २८ गते राप्रपा र राप्रपा संयुक्तसँग भएको पार्टी एकतापछि गरिएको पहिलो मनोनयन भएको बताए । उनले भने–‘ पार्टी एकतापछि गरिएको यो पहिलो मनोनयन हो । अन्य पदहरुमा पनि छिटै टुंगो लगाइने छ ।’

राप्रपा र राप्रपा संयुक्तले देशमा वैकल्पिक शक्तिको खाँचो खड्किएको भन्दै गत फागुन २८ गते पार्टी एकता भएको घोषणा गरेका थिए ।

Logo