कांग्रेसमा शक्ति बढाउने तयारी गर्दै सिटौला समूह (भिडियोसहित)

कांग्रेसमा शक्ति बढाउने तयारी गर्दै सिटौला समूह (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका तेस्रो धारका नेतृत्वकर्ता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला शक्ति बढाउने तयारीमा लागेका छन् ।

सोमबार राजधानीमा आफ्नो समूहसँग छलफल गर्दै नेता सिटौलाले आगामी वर्ष फागुनमा हुने १४ औ महाधिवेशनका लागि शक्ति बढाउने तयारी गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र उनको समूह १४ औं महाधिवेशनको तयारीमा जुटेपछि रणनीति तय गर्न भन्दै सिटौलाले सोमबार भेला बोलाएका थिए । बैठकमा सिटौला समूहका प्रभावशाली नेता गगन थापा र प्रदीप पौडेल लगायतको उपस्थिति थियो ।

चार वर्ष अघि भएको कांग्रेसको १३ औं महाधिवेशनमा सिटौला पहिले सभापतिमा उम्मेदवार बनेका थिए । तर अन्तिम समयमा आएर उनले सभापतिमा देउवालाई सहयोग गरेका थिए ।

अहिले पनि सिटौला पराजित हुने डरले सभापतिको उम्मेदवार नबन्ने टिकाटिप्पणी भइरहेका बेला उनले आफू सभापतिको उम्मेदवार होइन भनेर टिकाटिप्पणी गर्न नहुने बताएका थिए ।

सोमबार बसेको बैठकमा युवा नेता गगन थापाले १४ औँ महाधिवेशनमा परिर्वतनका लागि सिटौला समूहलाई अझ सशक्त बनाएर लैजाने बताएका छन् । पार्टीभित्रको विवाद र समग्र पार्टीको भविष्य बनाउन युवा नेताको प्रतिनिधित्व गर्ने सिटौला नै अन्तिम विकल्प भएको उनको भनाइ छ । हेरौं यो भिडियोमा :

Logo