‘कोरोनाको प्रभाव त छ तर सर्वसाधारण आत्तिए जस्तो अभाव छैन’ : प्रेमलाल महर्जन, अध्यक्ष

‘कोरोनाको प्रभाव त छ तर सर्वसाधारण आत्तिए जस्तो अभाव छैन’ : प्रेमलाल महर्जन, अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ । अहिले विश्वका १५७ वटा देशमा कोरोनाको सङक्रमण देखिएको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा अहिलेसम्म कसैलाई पनि कोरोना लागेको पुष्टि भएको छैन । तर, कारोनाको प्रभाव देखाउदै बजारमा कालोबजारी मौलाइ रहेको छ । यो सङकटको घडीमा पनि कालोबजार किन बढिरहेको छ ? उपभोक्ता अधिकारकर्मी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसँग केन्द्रबिन्दुका अनिस मिजारले गरेको छोटो कुराकानीः

कोरोनाको प्रभाव देखाउदै बजारमा कालोबजारी बढी रहेको छ । यसलाई कसरी लिनु भएको छ ?

यो कोरोना भाइरसको प्रभाव विश्वलाई नै आतंकित बनाइरहेको अवस्था पनि व्यापारीले कालोबजारी गर्नु बदमासी हो । यस्तो गर्नु समाजको लागि अपराध हो । यो एउटा समाज प्रति गैरजिम्मेबार पनि हो किनकी सहयोग गर्नु व्यापारीहरुको पनि जिम्मेवारी हो । तर, उनीहरुले जिम्मेवारी लिनुको सट्टा उपभोक्तालाई ठग्ने काम गरेका छन । यो दुःख भोली उनीहरुको घरमा पनि पर्न सक्छ । यो सबैलाई पर्ने कुरा हो । यस्तो गर्नु गलत हो ।

कालोबजारी रोक्नलाई के गरिरहनु भएको छ ?
अहिले बजारमा आतंक फैलाएर व्यापारीले कालोबजारी गरिरहेका छन् । यसलाई नियन्त्रण गर्नको लागी कालोबजारी गर्नेलाई छानीछानी कारबाही गर्नु पर्छ । उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्न नसके सामाजिक अपराघ ऐन अनुसार कारबाही गर्नु पर्ने हुन्छ । यसको लागी हामीले सरकारसँग समन्वयन गरेर अनुगमनलाई तिव्रता दिन दबाव दिइरहेका छौं ।

कोरानाबाट सचेत रहन तथा कालोबजारीबाट बच्न के गर्नु पर्ला ?
यस्तो बेलामा सबै मिलेर दुःखको घडीलाई सामान गर्नु पर्छ । बजार जुनसुकै दैनिक उपभोग्य बस्तुदेखि मास्कसम्मको कालोबजारी जसले गरेको भएपनि सरकारले कारबाही गर्नु पर्छ । कालोबजारीबाट बच्नको लागी पनि हामी उपभोक्ताले यस्तो बेलामा हल्लाको पछि लागेर आत्तिएर आवश्यकता भन्दा बढी सामान खरिद गर्न खोज्नु पनि कालोबजारीलाई हौसला दिनु हो । त्यसैले हामीले यस्तो बेलामा सचेत भएर मात्र दैनिक उपभोग्य बस्तुको प्रयोग गरी सबैमा सचेतना दिन जरुरी रहेको छ ।

कोरोनाले उपभोक्तामा सन्त्रास मात्र हो की बजारमा अभाव नै हो ?
कोरोनाको प्रभाव त छ तर सर्वसाधारण आत्तिए जस्तो अभाव छैन । उपभोक्ताहरु बजारमा हल्लाको पछि लागेकाले मात्र अभाव भएको हो । सरकारले कोरोना भाइरसको प्रकोपबाट सचेत रहन मात्र भनेको छ । अभाव हुन्छ भनेको छैन । त्यसैले उपभोक्ताले पनि एउटा सिलिन्डर चाहिने ठाँउमा ४ वटा सम्म जम्मा गरेर राख्ने प्रवृत्तीले बजारमा कालोबजारी भएको हो । हामी यस्ता कुरामा सचेत हुन जरुरी रहेको छ ।

Logo