काठमाडौँ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचारहरु मध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ प्रदेशका मुख्यमन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीबीच प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया सुरु गर्ने बेला भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले सरकारले छनोट समिति बनाउन सकेको छैन ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिएको छ । गत फागुन २१ मा त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीको स्टेन्ट आइतबार निकालिएको हो ।
उता पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स भएको छ । विवाह भएको १७ वर्षसम्म पनि विभिन्न यातना सहनु परेको भन्दै उनले डिभोर्स दिएकी हुन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ बैवाहमा नेपाल भारत सीमा सर्भे टोलीले बनाएको सीमास्तम्भ स्थानीय बासिन्दाले तोडफोड गरेका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया