काठमाडौँ ।
शेयर बजार कारोबारका लागि आजदेखि लागू हुने गरी एक घन्टा समय थपिए पनि लगानीकर्ता आकर्षित हुन सकेनन् ।
आइतबार शेयर बजार सूचक ६४ अंकले घटेर १३१३ अंकमा ओर्लिएको छ । आज १ सय ७४ कम्पनीको शेयर खरिद विक्रि भएको छ । ती कम्पनीहरु मध्ये तीन वटा कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । नेप्सेका अनुसार युनाइटेड मोदी, सिन्धु विकास बैंक र ओमी माइक्रोफाइनान्सले मात्र आज कमाउन सफल भएका हुन् ।
आइतबार २ अर्ब १० करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ भने ५५ लाख ७० हजार कित्ता शेयर किनबेच भएको छ ।
आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ, एनआइसी एसिया र एनएमबि बैंकको छ । नेपाल लाइफको १७ करोड ३६ लाख, एनआइसी एसिया ११ करोड ४६ लाख र एनएमबि बैंकको १० करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।





























प्रतिक्रिया