कोरोना संक्रमण फैलिए एसइई सर्न सक्छ– मन्त्री ढकाल

कोरोना संक्रमण फैलिए एसइई सर्न सक्छ– मन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणको अवस्था हेरेर यस वर्षको एसइई परिक्षा केही पर सार्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् ।

उनले भने–‘एसइई पाँच गते पछाडि सञ्चालन हुने भएकाले छिमेकी देशमा चार गतेसम्मको संक्रमणकाे अवस्थालाई हेरेर निर्णय गरिन्छ । देशमा संक्रमणको जोखिम देखिए एसइई रोक्न कुनै समस्या हुदैन ।’

केही समय पहिले यस वर्षको एसइई परिक्षा आगामी चैत्र ६ गतेदेखि सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरिएको थियो ।

Logo