कलङ्की-कोटेश्वर सडकखण्डमा आजदेखि नयाँ ट्राफिक नियम

कलङ्की-कोटेश्वर सडकखण्डमा आजदेखि नयाँ ट्राफिक नियम

केन्द्रबिन्दु
0
Shares

कलङ्की-कोटेश्वर सडकखण्डमा आज (आइतबार)देखि नयाँ नियम लागू गरिएको छ ।

नयाँ नियम अनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधनहरू बायाँ सर्भिस लेनबाट चलाउनु पर्नेछ । त्यस्तै निजी तथा साना सवारी साधनहरू दाहिने मुख्य लेनबाट चलाउनु पर्नेछ ।

यसअघि यो नियम कोटेश्वर-सुर्यविनायक सडक खण्डमा लागु भइसकेको छ। ठूला गाडीका कारण साना गाडी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेनको कोटेश्वर-कलङ्की सडकखण्डमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने गरेको महाशाखाको तथ्याङ्क छ ।

Skip This
Skip This
Logo