भरतपुर अस्पतालमा कोरोनाको आशङ्कित व्यक्तिमा सङ्क्रमण नभएको पुष्टि

भरतपुर अस्पतालमा कोरोनाको आशङ्कित व्यक्तिमा सङ्क्रमण नभएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

भरतपुर ,

भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उनले जानकारी दिए । भरतपुर अस्पतालबाट यसअघि पठाइएका दुई वटा नमूनाको नतिजा पनि नेगेटिभ आएको थियो ।

अस्पतालले कोरोनाको सङ्केत देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखेर नमूना परीक्षणका लागि काठमाडौँ पठाउने गर्दछ । अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई राख्नका लागि १९ शैयाको आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा श्रीराम तिवारीले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाइएको बताए ।

Logo