सरकारले भ्रमण बर्ष-२०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने

सरकारले भ्रमण बर्ष-२०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले भ्रमण बर्ष- २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण बर्षको सुरुवाती समयमा नै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दै भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना गर्ने स्पष्ट पारेका हुन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताएका हुन् ।

मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे । उनले भुकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्तर्गत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भई संञ्चालनमा आएको जानकारी दिए । समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशमलब ६७ प्रतिशत शेयर भएको भन्ने प्रतिवेदनमा उल्लेख भएपनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उनले स्पष्ट पारे ।

Logo