काठमाडौं ।
नेपालमा गाँजा खेतीलाई फुकुवा गर्नुपर्ने बहसले यतिबेला संसदमा समेत प्राथमिकता पाएको छ ।
यसलाई फुकुवा गर्नुपर्ने भन्दै केहि दिन अघि नेकपाका सांसद शेरबहादुर तामाङले प्रस्ताव समेत दर्ता गराएका छन् । अर्का सांसद विरोध खतिवडाले त पहिलेदेखि नै यसको बारेमा आवाज उठाउँदै आएका थिए । यस्तै वागमती प्रदेशसभामा पनि गाँजा फुकुवाको बहसले प्राथमिकता पाएको छ ।
गाँजा प्रतिबन्ध खुलाउने हो भने नेपालको आर्थिक समृद्धि हुने उनीहरुको निष्कर्श छ । यसलाई औषधिको रुपमा प्रयोग गर्न सके एकातिर स्वास्थ्यक्षेत्रमा सकारात्मक प्रभाव पार्ने छ भने अर्कातिर किसानहरुको आयआर्जनमा समेत राम्रो सुधार हुने बताउँदै आएका पूर्वसचिव भिम उपाध्याय पनि गाँजा प्रतिबन्ध खुलाउनु पर्ने पक्षमा छन् ।
गाँजा नेपालको अधिकांश ठाउँमा उत्पादन हुन सक्ने उनको मान्यता छ । यदि गाँजा खेती फुकुवा गर्ने हो भने अहिले बैदेशिक रोजगारीमा गएका लाखौं युवाहरु नेपाल फर्किएर यसमा लाग्न सक्ने बाटो खुल्ने उनले बताएका छन् ।
खासमा गाँजालाई लागूऔषधको रुपमा मात्र लिने नभई यसलाई देशको आर्थिक अवस्था सुधार गर्ने वस्तुका रुपमा हेरिने हो भने यसले देश परिर्वतनको महत्वपूर्ण अंगको रुपमा काम गर्ने उपाध्यायको मान्यता छ । गाँजा खेतीलाई बैधानिकता दिइनु पर्ने मत राख्ने उनीसँग हामीले यसपटक गाँजाकै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया