यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरि शनिबार दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार दिउसो देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

Logo