सांसदहरुद्वारा सरकारको ध्यानाकर्षणदेखि नयाँ मोडेलका आकाशे पुल निर्माण हुनेसम्म (भिडियोसहित)

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षणदेखि नयाँ मोडेलका आकाशे पुल निर्माण हुनेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार आजबाट सुरु भएको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्ति गरेपछि आजबाट कारोबार शुरु भएको हो ।

यस्तै काठमाडौँमा पहिलो पटक एक ठाउँबाट अर्को ठाउँमा आवश्यकता अनुसार सजिलै स्थानान्तरण गर्न सकिने आकाशे पुलको निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी पुल निर्माण कार्य तीव्ररुपमा अघि बढाएको छ ।

यसैगरि ७ वर्षको उमेरमै ब्याडमिन्टनको र्‍याकेट समाउन थालेका दार्चुलाका १६ वर्षिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा सनसनीपूर्ण रेकर्ड कायम गरेका छन् ।

यता विश्वका विभिन्न मुलुकहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विशेष कार्ययोजनाहरु सार्वजनिक गरिरहेका छन् । यस विषयमा आज बसेको संघीय संसदको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि छिमेकी मुलुक भारतले कडाइका साथ कार्ययोजना बनाएको छ । थप समाचार हेरौं यो भिडियोमा :

Logo