सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले टोरिनोलाई २–० को पराजित गरेको छ ।
शनिबार राति घरेलु मैदानमा भएको खेलकाे पहिलो हाफकाे २५औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले अग्रता लिएको थियो । यस्तै ३६औं मिनेटमा फ्रान्क केस्सीले पेनालटीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । दोस्राे हाफमा एसी मिलानले दबाबमा राखेपनि
यो जितले शीर्षस्थानमा रहेको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । मिलानको १७ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ३६ अंक छ ।





























प्रतिक्रिया