बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

भे १ ख २१२९ नम्बरको बस र अटोरिक्सा आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Logo