धादिङ ।
बालिकाको विवाह गर्न लागेको महिला अधिकारकर्मीहरुले प्रहरीमा दिएको सूचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । लिंगा चौका गरेर मंगलबार सबैले साइत गरेका थिए ।
गाउँबासी र आफन्त जम्मा पनि भए । गजुरी–६, मिलनटार निवासी ध्रुव सुवेदीले छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई विवाह रोक्न खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आदमघाटबाट टोली फर्किएको थियो ।
कृष्ण अधिकारीले २ वटा बस र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खबर फोनमा पाई सकेका बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानकारी दिए ।
स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरि दिन बारम्बार मौखिक अनुरोध गरे पनि नमानेपछि विवाह रोकिएको थियो । माईती पक्षलाई विवाह रोक्न आदेश लिइएको प्रहरीले दुलाहापक्षका जन्तीलाई आदमघाटस्थित शसस्त्र प्रहरी वेसक्याम्पबाटै फर्किएको थियो ।
यसैगरि आफूखुसी बालविवाह गरेको आरोपमा बालविवाह गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बालिका र १७ वर्षीय बालकबीच विवाह भएकोले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो ।
उनीहरुले फागुन २ गते भागेर विवाह गरेकाले दुबै जना बालक भएका कारण विवाह गर्न नमिल्ने भएको जनाउँदै बालविवाह रोकेर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी रुपक खड्काले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया