घरको पिँढीमा दम्पतीको शव, हत्या भएको हुन सक्ने आशंका

घरको पिँढीमा दम्पतीको शव, हत्या भएको हुन सक्ने आशंका

केन्द्रबिन्दु
0
Shares

इलाम ।

फाकफोकथुम गाउँपालिका ५ लुम्देको कैंजस्थित एक घरको सिकुवा (पिँढी) मा दम्पती मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३५ वर्षीय धनबहादुर खपांगी र उनकि पत्नी रिताको शव बुधबार दिउसो सिकुवामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दम्पतीको शरिरमा र सिकुवामा रगत पोतिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले डिएसपीको हेमन्त भण्डारी क्षत्रीको नेतृत्वमा टोली खटाएको छ। क्षत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ । घोप्टो परेर लडिरहेको मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका प्रहरीले जानकारी दिएको छ।

धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको हुन सक्ने आशंका गरिएको छ । मृतकका १४ वर्षीय एक छोरा, ९ वर्षकी एक छोरी रहेकम छन् । अन्नपूर्णबाट

Logo