पोखरा ।
सेनाको त्रिभुवन आर्मी क्लब सङ्कटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनलको खेलमा विभागीय टोली आर्मीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरी सङ्कटालाई निराश बनाएको हो ।
खेलको १५ औँ मिनेटमा नवयुग श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै सुदील राईले आर्मीलाई खेलमा अग्रता दिलाए । राईले पेनाल्टी एरियाबाट हानेको प्रहार सङ्कटाका गोलकिपर राजा बाबु थापाको खुट्टामा लाग्दै बल पोष्टभित्र छिरेको थियो ।
पहिलो हाफमा आर्मीलाई दबाबमा राखेको सङ्कटाले केही गोल गर्ने मौका प्राप्त गरेपनि सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भने आर्मीले छरितो खेल पस्कदै लगातार विपक्षीको पोष्टमा आक्रमण गरेको थियो । आर्मीले अब फागुन २९ गते मनाङ मस्याङदी क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।





























प्रतिक्रिया